जेठ १४, बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिका-१ वैशाखी स्थित उखुबारीमा हिजो एक युवक मृत अवस्थामा फेला परेकोमा उनको वास्तविक मृत्युको कारण खुल्न अझै केही समय लाग्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसार मंगलबार दिउँसो उखुबारीमा मृत अवस्थामा फेला परेका अन्दाजी २९ वर्षीय उक्त युवकको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको छ भने आज पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
स्थानीयको अनुसार सो युवक हिजो आफ्नो उखुबारीमा मल छर्दा छर्दै एक्कासी बेहोस भएको अवस्थामा भेटिएका थिए।





