नेवा: समुदायद्वारा स्वर्गीय रामकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

बेलौरीमा आज नेवा: समुदाय अन्तर्गतका भीमसेन देव गुठी परिवार, नेवा: देय् दबू नगर समिति तथा नेवा: देय् दबू जिल्ला समिति एकमुष्ट भेला भई स्वर्गीय रामकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

भीमसेन देव गुठीका अध्यक्ष कमल श्रेष्ठले गुठीमा संस्थापक अध्यक्ष, निवर्तमान सल्लाहकार तथा संयोजक रहेका स्वर्गीय रामकृष्ण श्रेष्ठको अतुलनीय योगदान रहेको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे।

त्यसैगरी नेवा: देय् दबू नगर समितिका अध्यक्ष सुरज श्रेष्ठले नेवार समुदायमा अभिभावकको भूमिका निभाउदै महत्वपूर्ण खम्बाको रूपमा प्रस्तुत भएका कुरालाई स्मरण गर्दै स्वर्गीय रामकृष्ण श्रेष्ठको आत्माको शान्तिको कामना गरे।

नेवा: देय् दबू जिल्ला कार्य समितिका अध्यक्ष प्रकाश श्रेष्ठले दिवंगत भएका रामकृष्ण श्रेष्ठले आफ्नो जीवनकालमा नेवार समुदायको नेतृत्वकर्ता, अग्रज व्यक्तित्व तथा सर्वाङ्गीन नेवार समुदायको उत्थानको निमित्त पुर्‍याएको योगदानलाई उजागर गर्दै बेलौरी समाजमा समेत समाजसेवी एवम् कुशल व्यापारीको रूपमा आफ्नो जीवन व्यतीत गरेको बताउदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अन्नेतमा नेवार समुदायका सम्पूर्ण सदस्यहरूले स्वर्गीय रामकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरी परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्नका लागि कामना गर्दै उक्त श्रद्धाञ्जली सभाको समापन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ