बेलौरीका डा. प्रदीप भण्डारी नेपाल डेन्टल एशोसिएसनको महासचिवमा निर्वाचित

बेलौरी, कञ्चनपुर, जेठ १८। बेलौरी नगरपालिका–४, कञ्चनपुरका डा. प्रदीप भण्डारी नेपाल डेन्टल एशोसिएसन (NDA) को महासचिव पदमा निर्वाचित भएका छन्। हालै सम्पन्न निर्वाचनमा उनले दुई वर्षका लागि महासचिव पदमा विजय हासिल गरेका हुन्।

डा. भण्डारी हाल काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेजमा प्राध्यापकका रूपमा कार्यरत छन। उनले आफ्नो विद्यालय शिक्षा बेलौरीकै सिद्धार्थ बोर्डिङ स्कुलबाट कक्षा १० सम्म हासिल गरेका थिए। त्यसपछि उच्च शिक्षाको लागि काठमाडौँ गएका डा. भण्डारीले दन्त चिकित्सकका रूपमा आफ्नो पेशागत यात्रा सुरु गरेका थिए। पेशागत दक्षता, नेतृत्व क्षमता र इमानदार छविका कारण उनलाई देशभरका दन्त चिकित्सकहरूले NDA को महासचिवमा चुनेका हुन्।

उनको विजयप्रति बेलौरीवासीहरूले अत्यन्त खुसी व्यक्त गरेका छन्। स्थानीयबासी, शिक्षक, साथीहरू तथा दन्त चिकित्सक समाजले डा. भण्डारीलाई बधाई दिँदै, अबको कार्यकालमा दन्त चिकित्सकहरूको हकहित, ग्रामीण क्षेत्रमा गुणस्तरीय दन्त सेवा प्रवर्द्धन र संगठन सुदृढीकरणमा उहाँको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ