तेस्रो सन्तान जन्माए ५० हजार रुपैया प्रोत्साहन रकम दिईने

कञ्चान आवाज संवाददाता,

कास्कीको मादी गाउँपालिकाले तेस्रो सन्तान जन्माए दम्पतीलाई प्रोत्साहन स्वरुप रु. ५० हजार दिने भएको छ । असार १७ गते गाउँपालिकाको आर्थिक वर्ष २०८२⁄०८३ को बजेट सार्वजनिक गरेसँगै गाउँपालिकाले स्थायी घर भई बसोबास गर्ने दम्पतिलाई प्रोत्साहन स्वरुप सो रकम दिने घोषणा गरेको हो ।

गाउँपालिकामा जन्मदर क्रमिक घट्दै गएको हुदा सो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । सो रकम प्राप्त गर्नका लागि वडा अध्यक्षको सिफारिस आवश्यक रहने र नवजात शिशुको नाममा बैँकमा खाता खोली रकम जम्मा गरिदिने गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले बताउनुभएको छ । सो रकम शिशुले वालिग भएपछि प्रयोग गर्न मिल्ने गरि बैँकमा जम्मा गरिने व्यवस्था समेत मिलाईने उहाँले थप बताउनुभयो ।

त्यस्तै उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई रोक्नको लागि दलित समुदायबाट कुनै युवतीले २० वर्ष पुरा गरेर मात्रै विहे गरेको भए प्रोत्साहन स्वरुप रु. १५ हजार दिने घोषणा गरेको मादी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दुर्गा गुरुङले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ