अब पाँच हजार अमेरिकि डलर बराबरको रकम भारतबाट नेपाल प्रवेश गर्दा ल्याउन पाईने

मीरा श्रेष्ठ,

उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले नाकामा कुनैपनि सुचना नदिइकन पाँच हजार अमेरिकी डलर बराबरकाे रकम ल्याउन पाउने बताउनुभएको छ।

हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिती बैठकमा पौडेलले भन्सारमा विना कुनै सुचना पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा ल्याउन सक्ने व्यवस्था गरिएको बताएका हुन्। त्यस्तै साे भन्दा बढी रकम ल्याउन परेकाे अवस्थामा पनि भन्सारमा जानकारी दिएर ६ लाख सम्मकाे भारतीय मुद्रा ल्याउन सकिने समेत उनले जानकारी दिएका छन् ।

अर्थमन्त्री पाैडेलका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकलाई सहज हाेस् भन्ने उद्देश्यले क्युआर कोड र कार्डमार्फत निश्चित मात्रामा भुक्तानी स्वीकार गर्ने प्रावधान पनि लागू गरिएको हाे । सँगै उनले भारतीय पाँच सय रुपैयाँका नोट नेपालमा प्रतिबन्ध लगाउने निर्णयको कारणमा नेपालमा ल्याएका नाेट पछि भारत सरकारले फिर्ता नलिने भएकाेले पनि नेपालमा पाँच सय भारतीय नाेट नल्याउन भनिएकाे बताए ।

भारतबाट नेपालकाे भन्सार बिन्दु भइ गाडी प्रवेश गरेपछि पुनः चेकजाँच गरिरहन नपर्ने समेत उनले बताए । त्यसैगरि बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक सुधारका लागि छलफल आवश्यक रहेको समेत उनकाे जिकिर थियाे । व्यक्तिले जम्मा गरेर राखेको कालोधनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेकाले त्यस प्रकारकाे व्यवस्थाले अन्तर्राष्ट्र्य जगतमा नेपालकाे  मूल्यांकनमा असर पर्ने र नेपाललाइ ग्रे लिष्टबाट बाहिर निस्कन थप जटिल अवस्था हुने उनकाे भनाइ थियाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ