बेलौरीमा बाल यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ परेका छन् । यही असार २६ गते ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
“बाल यौन दुर्व्यवहार गर्न नहुने” शीर्षक अन्तर्गत आरोपितलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
लालझाडी गाउपालिका चान्देव बस्ने ५५ वर्षीय पुरुषले १० वर्षे बालिकालाई विभिन्न बहानामा यौन दुर्व्यवहार गरेको उजुरी इलाका प्रहरी कार्यालय बेलौरीमा आएपछि प्रहरीले पक्राउ गरेको हो।उजुरी इलाका प्रहरी कार्यालय बेलौरीमा आएपछि प्रहरीले पक्राउ गरेको हो।





