कञ्चनपुर जिल्ला प्रशासन कार्यालयकाे ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न निर्देशन

मीरा श्रेष्ठ,
कञ्चनपुर

गत शनिबार कृष्णपुर नगरपालिकामा छाउ बार्नको लागि भनेर छाउगोठमा बस्ने क्रममा कमला दमाईको मृत्युले देशभर छाउ प्रथाको विरुद्धमा मानवअधिकारकर्मी, महिला अधिकारवादी तथा बुद्धिजीविहरुको चौतर्फी विरोध भयो । तत्पश्चात् कृष्णपुर नगरपालिकाले छाउप्रथाको अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएपनि प्रभावकारी हुन नसकेकोमा खेद व्यक्त गर्दै १५ दिनभित्र पालिकाभित्रका सम्पूर्ण छाउगोठ भत्काउने निर्णय गरेको सुचना दियो । कसैले छाउगोठ भत्काउन अस्वीकार गरे रु. १० हजार सम्म जरिवाना गराउने उक्त सुचनामा उल्लेख गरिएको थियो ।

यो सँगै हिजो अर्थात् असार ३० गते सोमबार कञ्चनपुर जिल्ला प्रशासनले जिल्लाका ९ वटै स्थानीय तहलाई पत्राचार गर्दै छाउगोठ भत्काउन निर्देशन दिएको छ । प्रशासनले परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चान गर्नुपर्ने टड्कारो आवश्यकता देखिएकाले छाउगोठ भत्काउने अभियान थालनी गर्नुपर्ने बतएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ