मीरा श्रेष्ठ,
कैलाली,
कैलाली टिकापुरका अरुन लोहार नासा स्पेस एप चुनौतीका लागि नेभिगेटरको रुपमा छनौट भएका छन् । नेभिगेटरको रुपमा उनले सहभागीहरुलाई सुझाव तथा सरसल्लाह दिने र विश्वभरका परियोजनाहरुको जाँच गर्नेछन् । नासा स्पेस एप बाट ईमेल मार्फत् उनी छनौट भएको सन्देशलाई सार्वजनिक गर्दै उनले भर्चुअल रुपमा नासा एप च्यालेन्जमा हुने सहभागीहरुसँग अन्र्तक्रिया गर्ने र विश्वव्यापी परियोजनाहरुको मुल्यांकन गर्ने बताएका छन् ।

नासा स्पेश एपको ईमेल अनुसार अरुनले नासा स्पेस एपको ग्लोवल टिमसँग प्रत्यक्ष काम गर्ने अवसर पाउनेछन् । सँगै, पृथ्वी, अन्तरिक्ष विज्ञान आदि जस्ता विषयका विज्ञहरुसँग समेत नेटवर्क बनाउने अवसर प्राप्त हुनेछ ।

अरुन टेस्ला साईन्स सेन्टरको समेत स्थापना गरेका छन् भने ७० हजार भन्दा बढि विद्यार्थीहरुसँग मिलेर खगोल विज्ञानसँग सम्बन्धित अभियानहरु कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरिसकेका छन् ।

यस अघि सन् २०२२ मा मात्रै अरुनको स्वदेशिय रकेट बनाउने लक्ष्य रहेको भनि रुटिन अफ नेपाल बन्दले उनको अभियानमा साथ दिनको लागि पोष्ट राखेको थियो र अहिले ३ वर्ष पछि २०२५ मा आएर उनको सपना केहि नजिक भएको देखिएको छ ।





