सोमबार दिउँसो सम्ममा देशभर मनसुन सक्रिय हुने मधेश प्रदेशमा भने हल्का वर्षा मात्र

मीरा श्रेष्ठ,

लामाो समयदेखि विशेषगरी तराई क्षेत्रमा मनसुन सक्रिया नहुँदा धान रोपाई शतप्रतिशत हुन नसकेको तथा रोपाई गरिएका खेतहरुमा समेत धाँजा फाटेको अवस्थामा अब भने राहत पुग्ने देखिएको छ । यद्यपि मधेश प्रदेशमा भने अझै भारी वर्षाको सम्भावना अत्यन्त न्यून रहेको नेपाल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज साउन ४ गतेको पूर्वानुमान जारी गर्दै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान, मधेश प्रदेशका केहि स्थान तथा कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्यांग सहित हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । त्यसैगरि पानी पर्ने मौसम प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासमा सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

त्यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ईप्पानले समेत प्रेस विज्ञप्ती जारी गर्दै सम्पुर्ण जलविद्युत आयोजनालाई ३ दिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम विभागका अनुसार पुर्वका कोशी, तमोर, अरुण, तामाकोशी, दुधकोशी, कन्काई लगायत नदीहरुमा बाढी आउने सम्भावना अत्यधिक रहेको बताएको छ ।

त्यस्तै, आईतबार बेलुका काठमाडौँको बागमती नदीमा बाढी आउने र तल्ला तटीय क्षेत्र प्रभावित हुने र मंगलबार दिउँसो सम्ममा महाकाली नदीमा बाढी आई नदी तटिय क्षेत्रमा प्रभाव पार्ने सम्भावना रहेको जनाएको छ । तसर्थ महाकाली नदी क्षेत्रमा सोमबार र मंगलबार विशेष सतर्कता अपनाउनपर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ