प्रथम नगर स्तरीय तीज प्रतियोगिताको दोस्रो विजेताद्धारा कालिका मन्दिरलाई आर्थिक सहयोग

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

मंगलबार तीजको विशेष अवसर पारेर श्री कालिका महिला समूह द्धारा आयोजित प्रथम नगर स्तरीय तीज प्रतियोगिता वृहत रुपले सम्पन्न भएको छ । बेलौरी नगरपालिका प्रायोजकको रुपमा रहेको सो कार्यक्रममा श्री कालिका मन्दिर व्यवस्थापन समितीको विशेष सहयोग रहेको थियो । त्यस्तै इन्टरनेट प्रदायक सेवा कम्पनी वल्र्डलिंकले कालिका मन्दिरको लागि आजीवन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गरेको थियो भने कार्यक्रममा प्रथम हुन सफल टिमका सात सदस्यका लागि समेत एकएकजनाको दरले उपहार स्वरुप सारी प्रदान गरेको थियो ।

बेलौरी नगरपालिका नगर प्रमुखको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर उप-प्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जुन ढकाल र बेलौरी महिला स्वास्थ्य स्वंयसेविका नगर अध्यक्ष देवकि पाण्डेय लगायत अतिथिहरुमा उद्योग वाणिज्य संघका प्रमुख हिरा सिंह विष्ट तथा संस्थापक अध्यक्ष लगायत निवर्तमान अध्यक्षहरुको उपस्थिति थियो । त्यसैगरि विभिन्न राजनीतिक दल नगर समितिबाट प्रमुख तथा प्रतिनिधि लगायत बेलौरी नगरपालिका र संघसंस्था बाट समेत प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विमला वजगाँई, निड्स नेपाल संस्थाका अध्यक्ष दुर्गा खरेल र कोरियोग्राफर तथा जेन्म फोटो स्टुडियोका सञ्चालक शुक्र राज रानाको विशेष समूह रहेको थियो । सोहि टिमको मुल्यांकनबाट प्राप्त नतिजा अनुसार सम्झना महिला आमा समूह, बेलौरी प्रथम र लालीगुराँस महिला समुह, टेडियाले दोस्रो स्थान प्राप्त गरेको थियो ।

यसरी दोस्रो विजेता बनेकोमा पाँच हजार रुपैया प्राप्त गरेको रकम लालीगुराँस महिला समुहले श्री कालिका मन्दिर व्यवस्थापन सतिमीलाई आर्थिक सहयोगको रुपमा हस्तान्तरण गरेको थियो ।

सो समुहबाट प्रतिनिधिको रुपमा गँगा श्रेष्ठले तीजको मौलिक परम्परालाई निरन्तरता दिन र नगर स्तरीय तीज प्रतियोगिताको दीर्घकालीन सञ्चालन होस् भन्ने हेतु प्रतिस्पर्धामा उत्रिएको बताईन् । यद्यपि विजेता बन्न सफल भएको खण्डमा सो रकम कालिका मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने पूर्व छलफल भएको समेत उनले बताईन् ।

कार्यक्रममा प्रथम र द्धितीय हुन सफल टिमलाई क्रमशः रु. ७ हजार तथा रु. ५ हजार रुपैया नगद पुरस्कार थियो भने उपविजेता टिमलाई रु. एक हजार पाँच सय प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ