क्षेत्र नं. १ प्रथम खुल्ला उप–मेयर कप भलिबल प्रतियोगिता मंसिर ४ देखि बेलौरीमा हुँदै

बेलौरी, कार्तिक २७। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ मा रहेको रामपुर खेलकुद क्लबले यस वर्ष ‘क्षेत्र नं १ प्रथम खुल्ला उप–मेयर कप भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। क्लबले दिएको जानकारीअनुसार, यो भलिबल प्रतियोगिता मंसिर ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय खेलकुद प्रतिभालाई उजागर गर्ने विशिष्ट लक्ष्यका साथ आयोजना गर्न लागिएको यो प्रतियोगितामा सहभागी टिमहरूका लागि अनिवार्य रूपमा क्षेत्र नं १ का खेलाडीहरू मात्र हुनुपर्ने प्रावधान रहेको छ।

प्रतियोगिताको उद्घाटन खेल मंसिर ४ गते बिहान ठिक १० बजे बाट जनज्योति स्कुलको प्राङ्गणमा सुरु हुनेछ। आयोजक रामपुर खेलकुद क्लबका सचिव निरज विष्टका अनुसार, प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टिमले रू. ३,५०० इन्ट्री तथा दर्ता शुल्क तिर्नुपर्नेछ, जसमा ९ जना खेलाडीहरू समावेश हुनुपर्ने छ।  दर्ता गर्ने सबै टिमका खेलाडीहरूले अनिवार्य रूपमा पोसाक लगाएर आउनुपर्नेछ।

खेलको टाईसिट क्लब स्वयंले तयार गर्नेछ। तर, यस प्रतियोगिताको सबैभन्दा कडा नियम भनेको खेलाडीको भौगोलिक सीमितता हो। जाँचका क्रममा कुनै टिममा क्षेत्र नं १ बाहिरका खेलाडी भेटिएमा तत्कालै रू. १०,००० (दश हजार) जरिवाना लगाइने आयोजकले जनाएको छ।

क्लबले विजेता र उपविजेता टिमलाई आकर्षक पुरस्कार राशीको व्यवस्था गरेको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रू. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय स्थानमा चित्त बुझाउने टिमले पनि नगद रू. २५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितासम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि क्लबका अध्यक्ष रणवीर सिंह थापासँग मोबाईल नं ९८२८०२६५४५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ