बेलौरीमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईने

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

बेलौरीमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईने भएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रत्येक वर्ष पौष २७ गते जन्मजयन्ती पर्ने र उहाँको राष्ट्रिय एकीकरणमा भएको देनप्रति उच्च सम्मान गर्दै यस दिनलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाईदै आएको छ।

आज बिहान बेलौरीको पिपल चौतारामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समिति, बेलौरीले उद्योग वाणिज्य सङ्घ, बेलौरीका पूर्व अध्यक्ष समेत रहेका टेकबहादुर साउँदको संयोजकत्वमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा आवश्यक छलफल तथा पूर्व तयारीबारे बैठक राखेको थियो।

सो बैठकले चार ओटा उप-समिति सहित कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। जसअन्तर्गत सांँस्कृतिक समिति, प्रचार प्रसार समिति, मञ्च व्यवस्थापन समिति र आर्थिक समिति रहेका छन्। सांँस्कृतिक समिति अन्तर्गत नर्मदा रिजालको संयोजकत्वमा विजयलक्ष्मी श्रेष्ठ, पार्वती कार्की, विष्णुमाया अर्याल, लक्ष्मण सिंह दियाल र मीरा श्रेष्ठ रहेका छन्।

त्यसैगरी प्रचारप्रसार समिति अन्तर्गत विष्णुदत्त अवस्थी संयोजक छन् भने केशव पन्त, सुरेन्द्र बडु, धर्मेन्द्र गिरी, केशव बोहरा र प्रकाशराज पन्त छन्।

त्यस्तै मञ्च व्यवस्थापन समितिमा बाबुराम न्यौपानेको संयोजकत्वमा नरेश श्रेष्ठ र सहवीर महत्तरा रहेका छन्।

र आर्थिक व्यवस्थापन समिति अन्तर्गत गोविन्दप्रसाद सापकोटा संयोजक, आत्मराम दाहाल र हिरासिंह विष्ट सदस्य रहेका छन्।

बैठकको निर्णय अनुसार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बेलौरी बजारमा स्थित पृथ्वी बाल उद्यानमा कार्यक्रम आयोजना हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ