शिक्षा ऐन संशोधनपछि कञ्चनपुरका सामुदायिक विद्यालयलाई व्यवस्थापन समिति हेरफेर गर्न निर्देशन

बेलौरी, कञ्चनपुर ।

नेपाल सरकारले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश मार्फत शिक्षा ऐनमा परिमार्जन गरेपछि कञ्चनपुरका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई सोही अनुरूप विद्यालय व्यवस्थापन समिति गठन र व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले वैशाख २५ गते जिल्लाका सबै सामुदायिक विद्यालयहरुलाई एक आधिकारिक परिपत्र जारी गर्दै नयाँ कानुनी व्यवस्था अनुसार अघि बढ्न आग्रह गरेको हो। एकाइ प्रमुख तथा उपसचिव लक्ष्मण गिरीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा १ को खण्ड (ग) मा रहेको व्यवस्थालाई शिक्षा ऐनबाट झिकिएको आधिकारिक जानकारी गराइएको छ। उक्त कानुनी प्रावधान खारेज भएसँगै अब विद्यालयहरुले आफ्नो व्यवस्थापन समितिलाई नयाँ व्यवस्था बमोजिम नै सञ्चालन, हेरफेर र व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

यसअघि शिक्षा ऐनको उक्त दफामा रहेको कानुनी व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समिति गठन तथा सञ्चालन हुँदै आएकोमा अब हालै जारी भएको ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ ले ल्याएको नयाँ नियम तत्काल लागू हुनेछ। समन्वय एकाइले जिल्लाका नौवटै स्थानीय तहलाई समेत यस पत्रको बोधार्थ दिँदै आ-आफ्नो पालिकामा सहजीकरण र आवश्यक अनुगमन गर्न ध्यानाकर्षण गराएको छ। नयाँ अध्यादेशले ल्याएको यो व्यवस्थाले जिल्लाका सामुदायिक विद्यालयहरुको प्रशासनिक तथा व्यवस्थापकीय संरचनामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ