पुनर्वासको कार्गीलडाँडा सीमा क्षेत्रबाट ब्राउन सुगरसहित कैलालीका एक युवक पक्राउ

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरका २८ वर्षीय हिक्मतबहादुर साउदलाई सशस्त्र प्रहरीको चेकजाँच टोलीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपालको फरवार्ड अपरेटिङ बेस (एफओबी) कार्गीलडाँडाबाट सशस्त्र प्रहरी हवल्दार हिमाल रानाको कमाण्डमा खटिएको तीन सदस्यीय चेक प्वाइन्ट टोलीले उनलाई नियन्त्रणमा लिएको हो। मिति २०८३ वैशाख ३१ गते दिउँसो साढे १२ बजेको समयमा पुनर्वास नगरपालिकाको वडा नम्बर ४ कार्गीलडाँडा सीमा इलाकामा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा साउदको साथबाट ब्राउन सुगर जस्तो देखिने १.२७ ग्राम खैरो वस्तु बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति योग्य बस्नेतले जानकारी दिनुभयो।

पक्राउ परेका साउद र उनीबाट बरामद गरिएको लागुऔषधलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मा लगाइएको गुल्मपति बस्नेतले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ