बिओपी दोधा द्धारा पुनर्वासबाट दुई लाखभन्दा बढीको भन्सार छलीका सामग्री बरामद

पुनर्वास कञ्चनपुर ।

सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) दोधाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको नेतृत्वमा खटिएको सात जनाको मोबाइल गस्ती टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ९ स्थित क गाउँ इलाकाबाट ती सामग्री नियन्त्रणमा लिएको हो।आज जेठ ३ गते बिहान करिब साढे एघार बजेको समयमा भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा गस्ती टोलीले ती सामान फेला पारेको थियो।

सुरक्षा निकायका अनुसार बरामद गरिएका वस्तुहरुमा घर तथा भवन निर्माणमा प्रयोग हुने फल्स सिलिङका सामानहरु रहेका छन्। जसको अनुमानित बजार मूल्य दुई लाख छ हजार आठ सय रुपैयाँ रहेको छ।

साथै बिओपी दोधाबाटै सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम सिंह धामीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएको सत्तासी हजार पाँच सय रुपैयाँ बराबरका महिलाले प्रयोग गर्ने कपडाहरू बरामद गरेको हो।

बरामद गरिएका सम्पूर्ण सामग्रीहरु आवश्यक कानुनी कारबाही तथा राजश्व असुलीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ