डम्बरदत्त शर्मा स्मृति पुरस्कारबाट महाकाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रिजाल सम्मानित

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको महेन्द्रनगरस्थित प्रतिष्ठित साहित्यिक संस्था गुगुल्डि वाङ्मय प्रतिष्ठानले यस वर्षको डम्बरदत्त शर्मा स्मृति पुरस्कार २०८२ बाट महाकाली बहुमुखी क्याम्पस बेलौरीका सहायक क्याम्पस प्रमुख एवं विशिष्ट साहित्यकार गङ्गाप्रसाद रिजाललाई सम्मानित गरेको छ । प्रतिष्ठानको वार्षिकोत्सव तथा गुगुल्डि साहित्यिक मासिक पत्रिकाको जन्मोत्सवका अवसरमा आयोजित एक विशेष समारोहका बीच उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

लामो समयदेखि मोफसलमा रहेर भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा निरन्तर क्रियाशील रहँदै विशेषगरी नेपाली, डोट्याली, दैलेखी र बचौन्या भाषाको संरक्षण तथा विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सहायक क्याम्पस प्रमुख रिजाललाई उक्त पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ । कविता र लोकराज भट्टद्वारा स्थापना गरिएको सो स्मृति पुरस्कार प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्रामको अध्यक्षता तथा वरिष्ठ साहित्यकार कृष्णदत्त चटौत कान्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

पुरस्कार ग्रहण पश्चात् सहायक क्याम्पस प्रमुख रिजालले यस प्रकारको प्रादेशिक सम्मानले आफूलाई प्राज्ञिक कार्यका साथै भाषा र साहित्यको सेवामा थप ऊर्जा र जिम्मेवारीबोध गराएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ