बेलौरी (कञ्चनपुर)।
कञ्चनपुरको बेलौरी नगरपालिकामा रासायनिक मलको तीव्र पर्खाइमा रहेका स्थानीय कृषकहरूका लागि युरिया र डिएपी मल भित्र्याइएको छ। नगरपालिकाको कृषि विकास शाखाले दिएको आधिकारिक जानकारी अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढी, कैलालीबाट प्राप्त कोटाअनुसार कुल ५२० बोरा युरिया र ५२० बोरा डिएपी मल बेलौरी आइपुगेको हो। यसरी प्राप्त भएको रासायनिक मललाई नगरभित्र क्रियाशील रहेका सूचीकृत २० वटा कृषि सहकारी संस्थाहरू र फर्महरूमार्फत कृषकहरूलाई वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

विवरण अनुसार महिला उत्थानशिल कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर १, अन्नपूर्ण कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर २, जनजागृति कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ३, र जयदुर्गा कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ३ , सम्झना महिला कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ३, सिद्धबाबा सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ४, थानपति ट्रेड एण्ड सप्लायर्स बेलौरी वडा नम्बर ४, कञ्चनजंघा कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ५, उत्थानशील महिला कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ५, र सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ६ लाई पनि समान परिमाणमा मल दिइने भएको छ। यसै सूचीमा बेलौरी वडा नम्बर ७ का गुरास कृषि सहकारी संस्था लिमिटेड र सु-शान्ति कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ८ को राष्ट्रिय कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ९ को सुनगाभा कृषि सहकारी संस्था लिमिटेड, र वडा नम्बर १० को सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेटिएका छन्। सूचीको अन्त्यतर्फ कृषक जागरण कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर १०, रिमझिम कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ८, सूर्योदय बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर २, अमित एग्रोभेट बेलौरी वडा नम्बर १०, र प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरी वडा नम्बर ९ रहेका छन्। यी सबै सहकारी र फर्म द्धारा कोटा अनुसार मल वितरण हुने जानकारी दिईएको छ।





