लालझाडीका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त गड्डाचौकीबाट पक्राउ

कञ्चनपुर, १६ साउन।

कञ्चनपुरको लालझाडी गाउँपालिका निवासी कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले सीमावर्ती क्षेत्र गड्डाचौकीबाट पक्राउ गरेको छ। अदालतबाट २० वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष प्रहरी टोलीले साउन १५ गते भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँडाजाई बस्ने ३५ वर्षीय ‘टुकु’ भन्ने राजेश राना रहेका छन्। निज रानाविरुद्ध जिल्ला अदालत कञ्चनपुरको २०८२ साल मङ्सीर २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहँदै आएका रानालाई प्रहरीले पाएको विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ