कञ्चनपुरको भीमदत्तमा इलेक्ट्रोनिक स्कुटी सहित दुई लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा बरामद

भीमदत्त, कञ्चनपुर।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित जिमुवा रोडबाट उक्त अवैध सामान फेला पारेको हो।

बरामद गरिएका सामग्रीहरूमा एक थान इलेक्ट्रोनिक स्कुटर, कस्मेटिक वस्तुहरू, हार्डवेयरका सामान, बिउबिजन तथा फलफूल लगायत रहेका छन्। प्रहरीका अनुसार उक्त सामानहरूको अनुमानित बजार मूल्य दुई लाख आठ हजार रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ