पुनर्वास, कञ्चनपुर।
सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँबाट भारतबाट अवैध रूपमा भित्र्याइएको करिब तीस हजार रुपैयाँ बराबरको प्रतिबन्धित पेय पदार्थ बरामद गरी नष्ट गरेको छ।
भदौ १९ गते बिहान करिब ७ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको गस्ती टोलीले उक्त अवैध सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक पदम सिंह धामीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले नियमित सीमा निगरानीका क्रममा २९३ लिटर ड्यु नामक प्रतिबन्धित पेय पदार्थ बरामद गरेको थियो। प्रहरीका अनुसार उक्त बरामद गरिएको सामग्रीको अन्दाजी बजार मूल्य २९ हजार ३ सय रुपैयाँ रहेको छ।
बरामद गरिएको उक्त पेय पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन बिहान करिब ८ बजे सरोकारवालाहरूको रोहवरमा नष्ट गरिएको छ।





