सरकारद्वारा मूल्य निर्धारणसँगै कञ्चनपुरका दुवै चिनी मिलमा उखु क्रसिङ सुरु

बेलौरी, कञ्चनपुर। सरकारले उखुको नयाँ न्यूनतम समर्थन मूल्य तोकेलगत्तै कञ्चनपुरका दुई ठूला चिनी उद्योगहरू, महाकाली सुगर इन्डस्ट्रिज प्रा.लि र भागेश्वर सुगर मिल एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले आजदेखि औपचारिक रूपमा उखु क्रसिङ सुरु गरेका छन्। यान्त्रिक परीक्षण र धार्मिक विधिपूर्वक पूजाआजा (डोङ्गा पूजा)  अगाडि नै सम्पन्न भइसकेको भए पनि सरकारले समर्थन मूल्य नतोक्दा मिल सञ्चालनमा आउन सकेका थिएनन्। अन्ततः सरकारले उद्योगले तिर्ने र सरकारी अनुदानसहितको स्पष्ट मूल्य तोकेपछि आजबाट किसानले मिलमा उखु खसाल्न सुरु गरेका हुन्।

उखु कृषक र उद्योगीको लामो रस्साकस्सीपछि सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ६९० रुपैयाँ कायम गरेको छ। नयाँ निर्धारित मूल्य अनुसार अब चिनी उद्योगले किसानलाई प्रति क्विन्टल ६२० रुपैयाँ भुक्तानी दिनुपर्नेछ भने सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ