मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
आज नेपाल मगर संघ समिति बेलौरीले बेलौरीको प्रेम होटल एण्ड लज रेष्टुरेन्टमा माघे संक्रान्ति पर्व आयोजना गरेको छ ।

नेपालमा विशेष पर्वको रुपमा लिईने मकर संक्रान्ति अर्थात् माघ १ गते माघी पर्वलाई थारु समुदाय, नेवारी समुदाय लगायत मधेशमा विशेष रुपमा मनाईने चलन सँगै मगर जातिको पनि यो विशेष पर्वको रुपमा मानिन्छ । मगर जातीको राष्ट्रिय पर्वको रुपमा मान्यता प्राप्त यो पर्वलाई नयाँ वर्षको सुरुवात भनेर पनि मनाउने गरिन्छ । साथै, यो समुदायको लागि यस दिन पितृ पूजाको रुपमा समेत विशेष पर्व हो ।

यहि मान्यतालाई निरन्तरता दिदै आज बेलौरी मगर समितिले पनि अन्र्तसमुदाय तथा अन्य समुदाय र स्थानीय तथा प्रदेश सरकारबाट अतिथिजन बेलौरी नगरपालिका वडा नं ६ का अध्यक्ष भोजराज चौधरी, नगरपालिका प्रमुख पोतीलाल चौधरी र प्रदेश सभा सदस्य दिवान सिंह विष्टको उपस्थितिमा माघे संक्रान्ति वृहत रुपमा मनाएको छ ।

संस्कृतिको जगेर्ना, निरन्तरता र बेलौरीको साँस्कृतिक विविधतालाई सम्मान गर्दै अनेकतामा एकता जुटाई समाजमा मिलेर बस्नपर्ने सन्देश आज नेपाल मगर संघ बेलौरी समितिले प्रकाश पारेको छ ।





