कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा गोपीप्रसाद उपाध्यायलाई कांग्रेसको टिकट

बेलौरी, कञ्चनपुर

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रहरूको उम्मेदवारी टुंगो लगाउने क्रममा पार्टी नेतृत्वले दक्षिणी कञ्चनपुरको रणनीतिक महत्त्व बोकेको यस क्षेत्रको जिम्मेवारी उपाध्यायलाई सुम्पिएको हो।

नेपाली कांग्रेसले सुदूरपश्चिमका १२ वटै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंगो लगाउँदा कञ्चनपुर–१ मा उपाध्यायको नाम चयन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि पार्टी राजनीति र सामाजिक कार्यमा सक्रिय उपाध्यायलाई टिकट दिएर कांग्रेसले यसपटक दक्षिणी क्षेत्रमा आफ्नो पकड बलियो बनाउने रणनीति अख्तियार गरेको देखिन्छ।

कांग्रेसले कञ्चनपुर १ मा उपाध्यायसँगै सुदूरपश्चिमका अन्य जिल्लाहरूमा बाजुराबाट जनकराज गिरी, अछामबाट भरतकुमार स्वाँर र पुष्पबहादुर शाह, तथा कैलालीबाट प्रदेश सभापति वीरबहादुर बलायर लगायत ले चुनावी मैदानमा भिड्ने पक्का भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ