बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता स्थित जनज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बिबेक प्रसाद लम्साल सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
विद्यालयको नयाँ कार्यसमिति चयन प्रक्रियामा स्थानीय सरोकारवाला, शिक्षक र अभिभावकहरूको उत्साहजनक सहभागिता माझ नयाँ नेतृत्व चयन गरिएको हो। नवगठित समितिको सदस्यहरूमा रवीन्द्र ठगुन्ना, लक्ष्मी चौधरी र अनिता चौधरी चयन हुनुभएको छ। त्यसैगरी, विद्यालयको शिक्षक प्रतिनिधिको रूपमा दिपेन्द्र राय र सदस्य सचिवको जिम्मेवारीमा प्र. अ. टेकराज अवस्थी रहनुभएको विद्यालयका शिक्षक सुरेन्द्र बोहराले जानकारी दिनुभयो।





