महेन्द्रनगर ।
गल्ली नम्बर ५ स्थित दमदार बाइट र सार्क एजुकेसनको संयुक्त आयोजनामा विद्यार्थीहरूका लागि हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आकर्षक फुड प्याकेज तथा विभिन्न खानेकुराका पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूले विशेष फुड प्याकेज प्राप्त गरेका थिए भने चौथोदेखि छैटौँ स्थानसम्मका विद्यार्थीहरूलाई पनि विभिन्न स्वादिष्ट खानेकुराका आइटमहरू पुरस्कारस्वरूप वितरण गरिएको थियो।
विद्यार्थीहरूको ज्ञान, प्रतिभा र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नाचगान तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिएको थियो। यसले सहभागी विद्यार्थीहरूलाई थप उत्साहित र खुसी बनाएको आयोजकको भनाइ छ।
कार्यक्रमप्रति विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यस्ता रचनात्मक तथा शैक्षिक गतिविधिले आफ्नो क्षमता विकासमा सहयोग पुग्ने बताएका थिए।
दमदार बाइटले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित यस्ता नवीन तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।





