सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वको बिदा तोक्नुमा थाकस कञ्चनपुर र कैलालीको गल्ती भएको स्वीकारोक्ति

मीरा श्रेष्ठ,

थारु समुदायको महत्वपूर्ण चाड मानिने अटवारी पर्वको लागि केहि समयअघि सुदूरपश्चिम प्रदेश सरकारले २०८२ को आफ्नो वार्षिक बिदाको सूचीमा श्रावण २५ गतेलाई सार्वजनिक बिदाको दिन भनेर राखेको थियो । तर सो सूचना प्रकाशन पछि थारु समुदायका विभिन्न संघसंस्थाको ध्यानाकर्षण बढ्यो र भदौ ८ गते तिथि अनुसार अटवारी पर्व पर्ने विषयमा व्यापक बहस सुरु भयो ।

बेलौरी नगर भलमन्सा समितिले गत साउन ६ गते विज्ञप्ती जारी गर्दै प्रदेश सरकारलाई भदौ ८ गते वास्तविक तिथि परेकाले सो दिन बिदा कायम गर्न भनि अनुरोध समेत गर्यो ।

 

यद्यपि थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरको दाबी तथा थारु समुदायका संघसंस्थाको आफ्नै दाबी बीच समुदायमा अन्यौलको स्थिती सिर्जना भयो । यस बीच प्रदेश सरकारले श्रावण २५ गते अटवारी पर्वको लागि सार्वजनिक बिदा तोक्नुमा थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरको तर्फबाट नै त्रुटि भएको कुरा खुल्न आएको छ।

आफ्नो तर्फबाट गम्भीर त्रुटि भएकोमा स्वीकार गर्दै थारु कल्याणकारी सभा, कञ्चनपुरकि सचिव सानु चौधरीले आफ्नो समाजिक सञ्जाल फेसबुक अकाउण्ट बाट माफी मागेकी छिन्।

साथै, वास्तविक तिथि अनुसार भदौ ८ गते पर्ने अटवारी पर्वको लागि बिदा दिने मिति सच्याउन गत असार ५ गते नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्र पेश भईसकेको समेत उनले सो पोष्टमार्फत् जानकारी दिएकि छिन् ।

त्यसैगरि थारु कल्याणकारी सभा, कैलालीले समेत बिदाको तिथिमिति सच्याउन मन्त्रालय समक्ष छुट्टै पत्राचार गरिसकेको छ ।

अब भने थारु समुदायको महत्वपूर्ण पर्व अटवारीको तिथि भदौ ८ गते पर्ने र सो दिनमा सार्वजनिक बिदा दिईनपर्ने थारुसमुदायको एकीकृत साझा विचार कायम भएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि भदौ ८ गतेकै लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ