बेलाैरी काठमाडौं समाजद्वारा बेलौरीका १२५ विद्यार्थीलाई स्कुल ब्याग वितरण

बेलाैरी, कञ्चनपुर, श्रावण २४ ।  बेलाैरी काठमाडौं समाजले आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोगस्वरूप स्कुल ब्याग वितरण गरेको छ। समाजले बेलाैरी नगरका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीलाई उक्त ब्याग हस्तान्तरण गरेको हो।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन समाजका अध्यक्ष ज्ञानेन्द्र जोशीले समाजका सदस्य दिपेन्द्र विष्ट, लक्ष्मण दियाल र महेश जोशीलाई जिम्मेवारी प्रदान गरेका थिए। उनीहरूको संयोजनमा सम्पन्न ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

समाजले बेलौरी क्षेत्रका विद्यार्थीको शैक्षिक यात्रामा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले यस वर्ष यस्तो सहयोग कार्य गरेको जनाएको छ। यसपटकको कार्यक्रमलाई विशेष सहयोग श्री ईन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लीलामणि न्यौपानेले गरेका थिए।

बेलौरी काठमाडौं समाजका अध्यक्षका अनुसार, आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइनेछ, जसबाट स्थानीय विद्यार्थीलाई थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ