मीरा श्रेष्ठ,
नेपाल अब रुबेला रोगको निदान गर्न सफल भएको छ । झट्ट हेर्दा दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यसले विशेषगरि गर्भवती महिलाहरूमा जटिलता निम्त्याउने कारण गर्भपतन हुने, मृत शिशु जन्मिने र जन्मेका बच्चालाई पनि आजीवन असर पार्ने अपाङ्गता लगायतका समस्याहरु देखिने हुन्छ ।

तर अब भने विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा जनस्वास्थ्यको रुपमा रहेको रुबेला रोगको निवारण भएको हो । संगठनका दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालय कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमको अनुसार यो निवारणको सफलताको पछाडि नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो।

यो सँगै नेपाल अब विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको संगठनको आधिकारिक वेबसाईटमा उल्लेख गरिएको छ ।





