कञ्चनपुर, भदौ १२ । नेपाल दलित मुक्तिमोर्चा, कृष्णपुर नगर कमिटीको तेस्रो नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका ५, सयपत्री सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित सम्मेलनले नयाँ नगर कमिटी चयन गरेको हो।

सम्मेलनबाट सुरेश नेपाली अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा दुरादेवी कुमाल, रितु सार्की र रामबहादुर कडरा चयन भए भने सचिवमा नरबहादुर आउजी, सहसचिवमा नन्दराम ओड र कोषाध्यक्षमा तारा लुहार निर्वाचित भएका छन्। यससँगै १५ सदस्यीय नगर कमिटी गठन भएको छ।

कार्यक्रमको सभाअध्यक्षता अध्यक्ष सुरेश नेपालीले गरेका थिए। सम्मेलनका प्रमुख अतिथि टेकेन्द्र प्रसाद भट्ट रहेका थिए भने विशिष्ट अतिथिहरूमा देवीलाल चौधरी, लोकेन्द्र लम्साल र गोबिन्द विक रहेका थिए। यस्तै, खेम राज पाण्डे, सहबिर सुनार, अमिन दहित, दिपक खत्री निर्माण, चक्र रैकाल र मखन दहित अतिथिका रूपमा सहभागी भएका थिए।

दलित मुक्तिमोर्चा, कृष्णपुर नगर कमिटीले यस सम्मेलनलाई संगठनलाई बलियो बनाउने अवसरका रूपमा लिएको छ। कार्यकर्ताहरूको उल्लेख्य सहभागितामा सम्पन्न सम्मेलनले दलित समुदायको हकहितका मुद्दा अघि बढाउने संकल्प गरेको आयोजकले जनाएको छ।





