मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
देशभर सरकार विरुद्ध जेन-जीको प्रदर्शन भएसँगै कञ्चनपुरको बेलौरीमा पनि जेन-जी समुहको विरोध प्रदर्शन सुरु भएको छ । राष्ट्रिय तथा स्थानीय स्तरमा समेत सरकारबाट भईरहेको बेथिति तथा भ्रष्टाचार र जनताप्रति अनुतरदायी कार्यशैलीको विरोध गर्दै जेन-जीहरुले विरोध प्रदर्शन गरेको बताएका छन् ।

काठमाडौँमा आज विद्यालय पोशाकमा रहेका युवाहरुमाथि प्रहरीले गोली चलाउदा जीवनवरण गरेका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेलौरीका जेन-जीहरुले भोलि बाट क्रमिक विरोध प्रदर्शन हुने बताएका छन् । बेलौरीको स्थानीय सरकार भनेको बेलौरी नगरपालिका हो भन्दै भोलि अर्थात् भदौ २४ गते बिहान ठिक ११ बजे नगरपालिका परिसरमा विरोध कार्यक्रम रहने जनाईएको छ ।

सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको र निर्वाचनताका जतिसुकै प्रतिबद्धता गरेपनि आधारभूत आवश्यकता सम्म स्थानीय, प्रादेशिक र केन्द्रिय सरकारले गर्न नसकेको जेन-जीहरुको गुनासो थियो । सँगै जुनसुकै राजनीतिक पार्टीबाट सरकारको नेतृत्व गर्ने उतरदायित्व पाएतापनि हालसम्म कुनैपनि पार्टीले नेपाली जनताको हितार्थ काम गर्न नसकेको उनीहरुको भनाई थियो ।

सँगै राजनीतिक पार्टीको झोलेको संज्ञा दिदै जेन-जीहहरुले उनीहरुविरुद्ध पनि आवाज उठाएको बताएका छन् ।

भोलि हुने विरोध कार्यक्रममा बेलौरीका जेन-जीहरुले प्रहरीबाट काठमाडौँमा जस्तो अमानवीय व्यवहार नभई सहयोगको अपेक्षा गरेको बताएका छन् ।





