बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डाका २१ वर्षीय चरण चौधरी रहेका छन्। पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित चौधरीलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।
घटनाको प्रकृति र अन्य विस्तृत विवरणबारे अहिले प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।





