सशस्त्र प्रहरीको सक्रियता: कञ्चनपुरको दक्षिणी नाकाबाट दुई दिनमै ७ लाख २३ हजारको तस्करीको सामान बरामद

बेलौरी, कञ्चनपुर, १९ कार्तिक।सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बेलौरीले आफ्नो जिम्मेवारी क्षेत्रबाट ठूलो परिमाणमा भन्सार छली तथा चोरी निकासीका सामान बरामद गरेको छ।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर भट्टका अनुसार, पछिल्लो दुई दिनको अवधिमा दक्षिणी क्षेत्रमा तैनाथ गुल्म मातहतका बिओपी (BOP) कारगिल डाँडा, बिओपी आपताल, र बिओपी डोकेबजारले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाट र अन्य स्थानबाट गरी कुल रु. ७ लाख २३ हजार ५ सय मूल्य बराबरको अवैध सामान बरामद गरेका हुन्।

सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि खटिएका गस्ती टोलीहरूले विभिन्न स्थानबाट लुकाई-छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त सामग्रीहरू नियन्त्रणमा लिएका हुन्। डीएसपी भट्टले बरामद गरिएका सामग्रीहरूमा मुख्यतया साईकलका पार्टपुर्जा, ताल्चा, प्लास्टिकका कुर्ची, मोबाईलका पार्टपुर्जा, सुर्तिजन्य सामाग्री, र डसना रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार, सामान ओसारपसारमा प्रयोग भएका ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सम्पूर्ण अवैध सामग्री र नियन्त्रणमा लिइएका मोटरसाइकलहरू आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय मा चलान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ