नेपाल राष्ट्र बैंकद्वारा अधिकृतदेखि सहायकसम्म ७६ पदका लागि दरखास्त आह्वान

कञ्चन आवाज संवाददाता। नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त पदहरुमा पदपूर्तिका लागि कर्मचारीको माग गरेको छ। बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अधिकृत तृतीय श्रेणीदेखि सहायक द्वितीय श्रेणीसम्म गरी कुल ७६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।

बैंकद्वारा प्रकाशित विज्ञापन अनुसार अधिकृत स्तर र सहायक स्तरमा विभिन्न सेवा समूहका लागि आवेदन खुला गरिएको छ। बैंकले अधिकृत तृतीय श्रेणी (सहायक निर्देशक) पदतर्फ प्रशासन समूहमा सबैभन्दा बढी ३९ जनाको माग गरेको छ। यसैगरी, सोही श्रेणीको लेखा समूहमा १० जना, वाणिज्य कानुनतर्फ ४ जना, अर्थशास्त्रतर्फ १ जना र व्यवस्थापनतर्फ १ जना सहायक निर्देशकको माग गरिएको छ।

अधिकृत स्तरका साथै सहायक स्तरमा पनि जनशक्ति माग गरिएको छ। बैंकले सहायक द्वितीय श्रेणीअन्तर्गत प्रशासन सहायक पदका लागि २१ जना कर्मचारीको माग गरेको छ। बैंकिङ क्षेत्रमा सरकारी सेवा प्रवेश गर्न चाहने योग्यता पुगेका नेपाली नागरिकहरूका लागि यो एक महत्त्वपूर्ण अवसर हो।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले बैंकको आधिकारिक प्रणालीमार्फत अनलाइन दरखास्त फाराम भर्न सक्नेछन्। आवेदन दिने म्याद सूचना प्रकाशित भएको मिति (शुक्रबार) देखि आगामी पुस १० गतेसम्म तोकिएको छ। तोकिएको म्यादभित्र रितपूर्वक आवेदन दिन बैंकले सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ