बेलौरी भुडा बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर घिमिरे प्रशंसा पत्रसहित सम्मानित

बेलौरी, कञ्चनपुर। चैत्र २२।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाले कञ्चनपुरको बेलौरी भुडास्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर घिमिरेलाई नगद पुरस्कारसहित प्रशंसापत्रद्वारा सम्मानित गरेको छ। वाहिनीको २५ औं स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहका बीच घिमिरेले संगठनमा पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सो सम्मान प्रदान गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टर काभ्रेमा दरबन्दी भई सीमावर्ती क्षेत्र कञ्चनपुको भुडा बीओपीको प्रमुखका रूपमा  निरीक्षक घिमिरेले प्रदर्शन गरेको व्यावसायिक दक्षता, अनुशासन र कर्तव्यपरायणतालाई सम्मानको मुख्य आधार बनाइएको छ। उनले आफ्नो जिम्मेवारी क्षेत्रमा रहेर सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी रोकथाम तथा राजस्व अभिवृद्धिमा उल्लेखनीय सफलता हासिल गरेका प्रशंसा पत्रमा उल्लेख गरिएको छ।

यसका साथै वि.सं. २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा बाजुरा जिल्लामा स्ट्राईकिङ्ग कमाण्डरका रूपमा परिचालित भई शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन उनले खेलेको भूमिकाको समेत प्रशंसा गरिएको छ। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १५७ को (ग) बमोजिम अभिलेख किताबमा जनिने गरी उनलाई प्रशंसा-पत्र र नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको वाहिनी मुख्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ