गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण, गत वर्षको तुलनामा मूल्य वृद्धि

बेलौरी, कञ्चनपुर

सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयले किसानको उत्पादनले उचित बजार मूल्य पाओस् र कृषि उत्पादनमा प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले गत वर्षको तुलनामा मूल्य बढाएर नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य गत वर्षको तुलनामा प्रति क्विन्टल ७७ रुपैयाँ ६२ पैसाले बढी हो । गत आर्थिक वर्षमा सरकारले गहुँको मूल्य प्रति क्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा कायम गरेको थियो ।

त्यसैगरी, चैते धानको समर्थन मूल्य प्रति क्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ । गत वर्षको तुलनामा यसमा प्रति क्विन्टल ५५ रुपैयाँ ८ पैसाले वृद्धि भएको छ । गत वर्ष चैते धानको मूल्य प्रति क्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा रहेको थियो । १८ प्रतिशत चिस्यान भएको धानको हकमा यो मूल्य लागु हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

चिस्यानको मात्रा १८ प्रतिशत भन्दा बढी भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था समेत सरकारले गरेको छ । तराईका जिल्लाहरूमा चैते धान र गहुँको व्यावसायिक खेती गर्ने किसानका लागि सरकारको यो निर्णयले लगानी सुरक्षित हुने वातावरण सिर्जना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ