कञ्चनपुरको बेलौरीमा तस्करीको १०० लिटर डिजल प्रहरीद्वारा बरामद

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका १ स्थित फटिया सीमा क्षेत्रबाट प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएको १०० लिटर डिजल बरामद गरेको छ । भारतबाट लुकाइछिपाइ नेपालतर्फ भित्र्याउँदै गरिएको उक्त पेट्रोलियम पदार्थ इलाका प्रहरी कार्यालयको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

प्रहरीका अनुसार ५०–५० लिटर क्षमताका दुईवटा जर्किनमा भरिएको उक्त डिजल फेला परेको हो। बरामद गरिएको उक्त सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय इन्धन लगायतका अन्य दैनिक उपभोग्य वस्तुहरूको तस्करी बढ्दै गएको जनगुनासो आएपछि स्थानीय प्रशासनले निगरानी र गस्तीलाई थप तीव्र पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ