​रास्वपा सुदूरपश्चिमको स्वास्थ्य विभाग प्रमुखमा बेलौरीका डा. बुडाल नियुक्त

बेलौरी, कञ्चनपुर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश कार्यालयले कञ्चनपुरको बेलौरी ४ निवासी डा. वीरेन्द्र सिंह बुडाललाई पार्टीको प्रदेश स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख पदमा नियुक्त गरेको छ। प्रदेश सभापति ई. प्रकाश विष्टद्वारा हस्तान्तरित पत्रमार्फत डा. बुडाललाई सो जिम्मेवारी प्रदान गरिएको हो।

वैशाख ३० गते जारी गरिएको नियुक्ति पत्र अनुसार डा. बुडाललाई पार्टीको विधान, नीति, सिद्धान्त, विभागको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ।

डा. बुडालको यो नियुक्तिले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको नीति निर्माण र जनसरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।

नवनियुक्त विभाग प्रमुख डा. बुडालले प्रादेशिक तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार, महामारी नियन्त्रण र सरकारी अस्पतालहरूको स्तरोन्नतिका लागि नीतिगत दबाब सिर्जना गर्न भूमिका खेल्ने बुझिएको छ। बेलौरीबाट प्रदेश तहको महत्त्वपूर्ण विभागीय जिम्मेवारी पाउनुलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ