अस्थायी प्रहरी पोस्ट आइबिआरडीद्वारा बरामद अवैध भारतीय कुखुरा र पेय पदार्थ खाल्डो खनेर नष्ट

पुनर्वास, कञ्चनपुर ।

​कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ बाङ्गेचोकस्थित सडक किनारबाट प्रहरीले बरामद गरेका अवैध भारतीय जीवित कुखुरा र पेय पदार्थ खाल्डो खनेर नष्ट गरेको छ। अस्थायी प्रहरी पोस्ट आइबिएआरडीबाट प्रहरी सहायक निरीक्षक सुरेश सिंह नेगीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा ती सामग्रीहरू नियन्त्रणमा लिएको हो।

​सञ्चालनमा नरहेको स्थानीय टाटा इँटा भट्टा नजिकै बेवारिसे अवस्थामा छाडिएका ६ वटा जीवित कुखुरा र करिब ५ पेटी डिउ नामक पेय पदार्थ प्रहरीले फेला पारेको थियो। तस्करीमा संलग्न व्यक्तिहरू सुरक्षाकर्मीलाई देखेलगत्तै सामान सडक छेउमा फालेर फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएका ती अवैध सामग्रीहरूलाई कानुनी प्रक्रिया पूरा गरी स्थानीय सरोकारवालाहरूको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ