बेलौरीबाट राति चोरी भएको पल्सर मोटरसाइकलको खोजी जारी: सर्वसाधारणलाई सहयोगको अपिल!

बेलौरी, कार्तिक २७।कञ्चनपुरको बेलौरी बजारस्थित खानेपानी ट्याङ्की नजिकै बस्ने श्रीकृष्ण न्यौपानेको घरभित्र पार्किङ गरी राखिएको पल्सर १५० सीसीको मोटरसाइकल गएराति चोरी भएको छ। हिजो (कार्तिक २६ गते) राति करिब १२:३० बजेतिर चोरी भएको सु.प.प्र. ०१–०११प ५५२६ नम्बरको कालो र रातो रङ्गको उक्त मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरी लगेको न्यौपाने परिवारले जानकारी दिएको छ। मोटरसाइकल चोरी भएलगत्तै परिवारले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्दै बेलौरी क्षेत्रका सडक र सम्भावित नाकाहरूमा निगरानी बढाएको र सिसिटिभी फुटेज हेरिरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमल प्रसाद चौधरीले बताउनुभएको छ।

प्रहरीले सर्वसाधारणलाई चोरी भएको मोटरसाइकल वा चोरका बारेमा कुनै पनि सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई वा मोटरसाइकल धनीको परिवारलाई खबर गरी सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। सूचनाका लागि ९८१२७५९९९० र ९८२५६६८९९ नम्बरमा सम्पर्क गर्न सकिने मोटरसाईकल धनीले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ