बेलौरी प्रहरीलाई सफलता : मैनाहाबाट चोरी भएको मोटरसाइकल बरामद, चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा

बेलौरी, कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा बढेको मोटरसाइकल चोरीको शृङ्खला तोड्न ईलाका प्रहरी कार्यालय बेलौरीलाई महत्त्वपूर्ण सफलता हात परेको छ । गत शनिवार (मंसिर १३ गते) बेलौरी नगरपालिका ५ मैनाहा क्षेत्रबाट चोरी भएको मोटरसाइकल सहित चोरीमा संलग्न शङ्कास्पद व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा बेलौरी निवासी पुष्कर बिष्टको चोरी भएको म ३ प १४५९ नम्बरको पल्सर मोटरसाइकल फेला परेको हो । प्रहरीले चोरी भएको मोटरसाइकल बरामद गर्नुका साथै घटनामा संलग्न रहेको आरोपमा २ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको बुझिएको छ ।

घटना लगत्तै ‘कञ्चन आवाज’ सँगको कुराकानीमा ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले खोजी कार्य तीव्र पारिएको बताउनुभएको थियो । प्रहरीको निरन्तरको निगरानी र सक्रियताले एक दिन नबित्दै मोटरसाइकल फेला परेपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् ।

घटनाको पूर्ण विवरण अनुसन्धान पूरा गरी छिट्टै सार्वजनिक गर्ने प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभएको छ । बेलौरी क्षेत्रमा हुने चोरी नियन्त्रणमा यो सफलताले सुरक्षा व्यवस्थाप्रतिको जनविश्वास बढाउने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ