झापा पुगे एमाले अध्यक्ष ओली, रास्वपा नेता बालेन पनि आजै जाने

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार गृहजिल्ला झापा पुगेका छन्। निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिन अध्यक्ष ओली भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन्।

प्राप्त जानकारी अनुसार, अध्यक्ष ओली झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। यसपटकको निर्वाचनमा झापाको राजनीतिक समीकरण निकै रोचक बन्ने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पनि अध्यक्ष ओलीसँगै चुनावी प्रतिस्पर्धामा उत्रिने लगभग पक्का भएको छ। जनकपुरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरेर नेता साह आजै झापा पुग्ने कार्यक्रम रहेको रास्वपा स्रोतले जनाएको छ।

सुदूरपश्चिमबाट हेर्दा झापाको यो चुनावी भिडन्तले राष्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्ने देखिन्छ। एकातिर पूर्वप्रधानमन्त्री तथा एमालेका प्रभावशाली अध्यक्ष, अर्कोतिर युवा पुस्तामा लोकप्रिय बालेन साहबीचको प्रतिस्पर्धाले देशभरकै ध्यान खिचेको छ। कञ्चनपुरका चिया पसलदेखि क्याम्पससम्म पनि यो ‘हेविवेट’ भिडन्तको चर्चा सुरु भइसकेको छ।

यो भ्रमण र उम्मेदवारीले आगामी निर्वाचनमा युवा नेतृत्व र स्थापित दलहरूबीचको शक्ति सन्तुलन कसरी अघि बढ्छ भन्ने कुराको संकेत गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ