नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा राजीनामा

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको र आफू स्वयम् पराजित भएको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग पराजित भएपछि उनले यो कठोर निर्णय लिएका हुन् ।

लामो समयदेखि काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक मधेश झरेका थिए । तर, चुनावी प्रतिस्पर्धामा उनले सोचेजस्तो जनमत प्राप्त गर्न सकेनन् । निर्वाचनको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिटसहित ऐतिहासिक सफलता हासिल गर्दा कांग्रेस खुम्चिन पुगेको छ । प्रत्यक्षतर्फ जम्मा १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएपछि पार्टीभित्र नेतृत्वको कार्यशैलीलाई लिएर बहस सुरु भएको थियो ।

थापा विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चुनिएका थिए । पार्टीका विभिन्न तह र तप्काका नेताहरूले उनलाई राजीनामा नदिन र धैर्य गर्न सुझाव तथा दबाब दिए तापनि लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै उनले पद त्याग गर्ने घोषणा गरेका हुन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै राजीनामा दिने मुडमा रहेका थापाले पार्टीको आन्तरिक परामर्शपछि बिहीबार औपचारिक रूपमा आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ