सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहरा प्रशंसा पत्रद्वारा सम्मानित

बेलौरी, कञ्चनपुर। चैत्र २२

Scanned Image

कञ्चनपुरको बेलौरी नगरपालिकाका स्थायी बासिन्दा एवं सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहरालाई सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालयले उच्च सम्मान गरेको छ। वाहिनीको २५ औं स्थापना दिवस २०८२ को विशेष अवसरमा आयोजित एक समारोहका बीच बोहराले संगठनको श्रीवृद्धि र व्यावसायिक जिम्मेवारीमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै प्रशंसा-पत्र प्रदान गरिएको हो।

कैलालीस्थित नं. ७ वैद्यनाथ वाहिनी मुख्यालयमा कार्यरत निरीक्षक बोहराले आफ्नो पेशाप्रति पूर्ण समर्पित रहेर अनुशासित, इमानदार र लगनशील भई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आएका छन्। विशेषगरी इकाईको आन्तरिक व्यवस्थापन पक्षमा महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गरी सशस्त्र प्रहरी बल नेपालको छवि उच्च राख्न उनले पुर्‍याएको योगदानको वाहिनी मुख्यालयले उच्च मूल्यांकन गरेको छ।

निरीक्षक बोहरा यसअघि पनि आफ्नो उत्कृष्ट कार्यसम्पादन र कार्यदक्षताका कारण सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट ‘आईजी एपीएफ कमेन्डेशन’ (IG APF Commendation) बाट सम्मानित भइसकेका व्यावसायिक अधिकृत हुन्। संगठनभित्र इमानदार र कर्तव्यनिष्ठ अधिकृतको पहिचान बनाएका बोहराले प्राप्त गरेको यो सम्मानले उनको गृह नगर बेलौरीको समेत गौरव बढाएको छ।

वाहिनी मुख्यालयले प्रदान गरेको सो प्रशंसा पत्रमा बोहराको कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनमा समेत संगठनको गरिमा बढाउन थप ऊर्जा र निष्ठाका साथ कार्यक्षेत्रमा खटिन शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ