ईशान मेमोरियल अस्पतालद्वारा बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १३० बिरामी लाभान्वित

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालले ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने मूल नाराका साथ पूर्ण रूपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त शिविरबाट १ सय ३० जना स्थानीय बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी अस्पतालका मानव संसाधन प्रमुख मदन भण्डारीले जानकारी दिएका छन्।

शिविरमा सहभागी बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परामर्श, ल्याब परीक्षण र आवश्यकता अनुसार औषधि वितरण गरिएको थियो। अस्पतालका मानव संसाधन प्रमुख मदन भण्डारीका अनुसार शिविरमा करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको औषधि र सन्ताउन्न हजार रुपैयाँ बराबरको रक्त परीक्षण सेवा निःशुल्क प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेशका ग्रामीण भेगमा सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो।

बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अस्पतालकी प्रबन्ध निर्देशक पूजा भट्टले गरेकी थिइन्। कार्यक्रममा अस्पतालका चिकित्सक डा. जाफिर आलम विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। विगतदेखि नै यस्ता जनस्वास्थ्य लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको ईशान मेमोरियल अस्पतालले ग्रामीण भेगका जनतालाई ठूलो राहत प्रदान गर्दै आएको छ।

अस्पतालका अध्यक्ष आइ जङ्ग कुँवरले नागरिकको स्वास्थ्य अधिकार र अस्पतालको सामाजिक दायित्वलाई मनन गर्दै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ