धनगढी, २३ जेठ । सुदूरपश्चिम क्षेत्रमा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा आफ्नो बलियो साख र विश्वसनीयता कमाएको ड्रिम एजुकेसन फाउन्डेसनको आयोजनामा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भोलिदेखि ‘एब्रोड एजुकेसन फेयर’ (वैदेशिक शैक्षिक मेला) सञ्चालन हुने भएको छ। उच्च शिक्षाका लागि विदेश जान चाहने यस क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी यही जेठ २४ गतेदेखि २९ गतेसम्म विशेष भर्ना सप्ताह (एड्मिसन विक) का रूपमा मेला आयोजना गर्न लागिएको हो।

धनगढीको उत्तरबेहडीस्थित डिबी कम्प्लेक्समा रहेको ड्रिम एजुकेसन फाउन्डेसनको आफ्नै सुविधासम्पन्न कार्यालयमा सञ्चालन हुने यस मेलामा जापान, अस्ट्रेलिया, बेलायत र दक्षिण कोरियाका प्रतिष्ठित विश्वविद्यालय, कलेज तथा भाषा स्कूलहरूबारे विस्तृत जानकारी उपलब्ध गराइने छ। मेलामा सहभागी भई भर्ना प्रक्रिया अगाडि बढाउने विद्यार्थीहरूका लागि आयोजकले विशेष सहुलियत र सल्लाहको व्यवस्था समेत गरेको छ।

यस शैक्षिक मेलाको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले जापानी भाषा कक्षा शिक्षण शुल्क तथा आईईएलटीएस र पीटीई जस्ता अन्तर्राष्ट्रिय तयारी कक्षाहरूको शुल्कमा ५० प्रतिशतसम्मको आकर्षक छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। मोफसलमा रहेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्ने सपना बोकेका जेहेन्दार विद्यार्थीहरूका लागि यो अवसर वित्तीय रूपमा निकै सहयोगी सिद्ध हुने देखिएको छ।

विगत ८ वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श तथा भाषा र तयारी कक्षा गराउँदै आएको ड्रिम एजुकेसन यस क्षेत्रकै एक भरपर्दो र स्थापित कन्सल्टेन्सीको रूपमा चिनिँदै आएको छ। यस ८ वर्षको अन्तरालमा संस्थाले थुप्रै विद्यार्थीहरूको वैदेशिक अध्ययनमा जाने सपनालाई साकार पारिसकेको छ।

मेला अवधिभर शैक्षिक परामर्शका अतिरिक्त विद्यार्थीहरूको मनोबल बढाउन र नवीन अनुभव प्रदान गर्न विभिन्न अतिरिक्त क्रियाकलापहरू समेत समावेश गरिएका छन्।

मेलाको अन्तिम तयारी र विशेषताहरूबारे जानकारी दिँदै ड्रिम एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक हेमन्त रेग्मीले मेलामा परामर्श लिन आउने विद्यार्थीहरूका लागि विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिने र सहभागीहरूका लागि आकर्षक गिफ्ट ह्याम्परहरूको समेत व्यवस्था गरिएको बताउनुभयो।






