कञ्चनपुर, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन भोलि असार १ गते प्रादेशिक राजधानी धनगढीमा सुरु हुँदैछ। आगामी असार ७ गतेदेखि चितवनमा हुन गइरहेको पार्टीको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा प्रादेशिक संरचना र नेतृत्व टुङ्गो लगाउन आयोजना गरिएको यस अधिवेशनमा कञ्चनपुरको बेलौरी क्षेत्रको तर्फबाट विभिन्न केन्द्रीय तथा प्रादेशिक विभागहरूमा महत्वपूर्ण व्यक्तित्वहरू मनोनित भई सहभागी हुन लागेका छन्। अधिवेशनको पूर्वसन्ध्यामा रास्वपा बेलौरीका नगर शभापति विष्णु शर्मा न्यौपानेबाट प्राप्त आधिकारिक विवरण अनुसार बेलौरी क्षेत्रबाट पार्टीका केन्द्रीय तथा प्रादेशिक विभागमा महत्त्वपूर्ण जिम्मेवारीमा मनोनित भएका नेताहरू अधिवेशनका लागि धनगढी प्रस्थान गर्ने तयारीमा छन्।
को को भए बेलौरी बाट मनोनित ? (पद सहित)
-
हरि प्रसाद भण्डारी – विधेयक मन्थन विभाग, सुदूरपश्चिम प्रदेश
- बासुदेव भट्ट ‘शीतल’ भट्ट – सदस्य, जनसम्पर्क विभाग, सुदूरपश्चिम प्रदेश
-
इन्द्र प्रकाश केसी – उपप्रमुख, मुद्रा तथा पूँजी बजार विभाग, सुदूरपश्चिम प्रदेश
-
लक्ष्मण सिहं दियाल – सदस्य, शिक्षा विभाग,सुदूरपश्चिम प्रदेश
-
चन्द्र कान्त भण्डारी – उपप्रमुख, सार्वजनिक लेखा समीक्षा विभाग,सुदूरपश्चिम प्रदेश
- दिप राज पाण्डेय – सदस्य, सार्वजनिक लेखा समीक्षा विभाग,सुदूरपश्चिम प्रदेश
-
टेक साउद – सदस्य, केन्द्रीय वाणिज्य विभाग
-
आशरे राम बडायक – उपप्रमुख, कृषि विभाग,सुदूरपश्चिम प्रदेश
-
बलदेव भट्ट – सदस्य, अभियान तथा प्रचार प्रसार विभाग,सुदूरपश्चिम प्रदेश
-
मिना लामिछाने – सदस्य, प्रदेश महिला विभाग,सुदूरपश्चिम प्रदेश
- विरेन्द्र सिहं बुडाल-प्रमुख, प्रदेश स्वास्थ्य विभाग,सुदूरपश्चिम प्रदेश
- सुरेन्द्र ऐर -सदस्य, प्रदेश स्वास्थ्य विभाग,सुदूरपश्चिम प्रदेश
- आईजंग कुवर-सदस्य, मानव अधिकार आयोग विभाग, सुदूरपश्चिम प्रदेश
- दुर्गा देवी भुसाल– कञ्चनपुर निर्वाचन क्षेत्र (ख) समिति उपसंयोजक
- विरेन्द्र शाही –कञ्चनपुर निर्वाचन क्षेत्र नं १ संयोजक
- अर्जुन प्रसाद भण्डारी-सल्लाहकार परिषद सदस्य
- दिनेश राज भट्ट- पालिकाबाट छनौट भएकाे प्रदेश अधिवेशन प्रतिनिधि
- तुलसी खडका-पालिकाबाट छनौट भएकाे प्रदेश अधिवेशन प्रतिनिधि
नयाँ नेतृत्व र सांगठनिक सुदृढीकरणका लागि उत्साहका साथ हुन लागेको यस सुदूरपश्चिम प्रदेश अधिवेशनमा भाग लिन कञ्चनपुर क्षेत्र नम्बर १ का सम्पूर्ण प्रतिनिधि र विभागीय नेताहरू भोलि बिहानै धनगढीका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ।





