बेलौरीको उग्रतारा बाल विद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकाउन्न हजार सहयोग

बेलौरी, कञ्चनपुर ।

देशले पछिल्लो समय भोगिरहेको त्रासदीपूर्ण विपद्को घडीमा पीडित तथा प्रभावित नागरिकहरूको सहयोगार्थ कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुरमा रहेको श्री उग्रतारा बाल विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकाउन्न हजार रुपैयाँ जम्मा गरेको छ।

विपद्मा परेका नागरिकलाई मानवीय सहायता प्रदान गर्ने सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनबाट उक्त रकम संकलन गरिएको हो। संकलित सो रकम कृषि विकास बैंक लिमिटेडको बेलौरी शाखा कार्यालयमार्फत कोषको खातामा जम्मा गरिएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक केशव विष्टले यस मानवीय अभियानमा स्वतःस्फूर्त रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ। दुःखको यस घडीमा सानै भए पनि विद्यालय परिवारको तर्फबाट गरिएको यस सहयोगले विपद् प्रभावितहरूको घाउमा मलम लगाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

स्थानीय स्तरका शैक्षिक संस्थाहरूले यसरी देखाएको अग्रसरताले विपद् व्यवस्थापन र राहत वितरणमा राज्यलाई टेवा पुग्नुका साथै समुदायमा विपद्को समयमा एकजुट हुनुपर्छ भन्ने अत्यन्तै सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ