कञ्चपुरमा २ घरमा आगलागी

२०८१ मंसीर २, आईतबार

 

कञ्चन आवाज संवाददाता, मंसीर २

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–५, प्रगती टोल र कृष्णपुर नगरपालिका–१, पहरिया टोलमा आईतबार आगलागी भएको छ । भीमदत्तमा आगलागी हुदा १ लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको अस्थायी प्रहरी विट सुकासालले जानकारी गराएको छ । यता कृष्णपुरमा २ लाख बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पहरियाले जनाएको छ । मानवीय क्षति भने दुवै स्थानमा नभएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ