आज विश्व टेलिभिजन दिवस मनाईदै

मीरा श्रेष्ठ, मंसीर ६

अंग्रेजी महिनाको नोभेम्बर २१ मा पर्ने विश्व टेलिभिजन दिवस आज विश्वभर मनाईएकाे ५ । सन् २०२४ को लागि अङ्ग्रेजी शब्दावली ‛Accessibility’ अर्थात् ‛पहुँच’सार दिईएको यस वर्षको विश्व टेलिभिजन दिवसले टेलिभिजनबाट प्रसारित सामाग्रीहरु समावेशी हिसाबले शिक्षा, सामाजिक परिवर्तन र विश्वसँगको सम्पर्कलाई प्रवर्द्धन गरुन् भन्ने कुरालाई जोड दिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा सन् १९२५ बाट टेलिभिजन अस्तित्वमा आएपनि हाम्रो देशमा भने वि.सं २०४१ बाट नेपाल टेलिभिजनको स्थापनाले टेलिभिजनको युग जन्माएको हो । आजको मितिसम्म आउदा टेलिभिजनमा विविध आयामहरु आईसकेका छन् । यद्यपि हाम्रा बा–आमा र हामी आफ्नै पनि बाल्यकालको श्यामश्वेत टेलिभिजन र एन्टेना घुमाउदा क्षण अनि टोलभरिका मानिसहरु जम्मा भएर एकैसाथ हेरेका टेलिभिजनमा आउने कार्यक्रमहरु सम्झनास्वरुप साटासाट गर्ने गर्दछौँ । टेलिभिजनले भित्र्याएको नौलो अनुभवसँगै केहि तितमीटा अनुभव पनि सम्झनामा नआउने होईनन् । तर प्रविधि आफै मानिसद्धारा नियन्त्रित हुने हुदा टेलिभिजनबाट आउने कस्ता सामाग्री हेर्ने भन्ने कुरा हाम्रो स्वविवेकमा भरपर्ने कुरा हो ।

जेहोस्, आजको दिनमा दर्शनसंसारमा नौलो र चमत्कारिलो आयाम ल्याएकोमा टेलिभिजनप्रति हामी कृतज्ञ हुनुपर्छ । सुचनाको क्षेत्रमा अविश्वसनीय ढंगले मानिसलाई सुसूचित मात्र नभई शिक्षा र चेतना दिएकोमा टेलिभिजन जगतलाई धेरै धेरै धन्यवाद . साथै, विश्व टेलिभिजन दिवसको सबैमा शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ