२०८१ मंसीर ३, सोमबार
पूर्वसभामुख दमननाथ ढुंगानाको आईतबार दिउँसो २ बजे काठमाडौँको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्तपालमा उपचारको क्रममा निधन भएसँगै सरकारले आज केहि समय अघि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निधनको शोकमा आज देश तथा विदेशका सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
नागरिक हकअधिकार, प्रजातन्त्र, न्याय जस्ता विषयमा वकालत गर्दै नेपालको संसदीय प्रणालीलाई व्यवस्थित र सुदृढ गर्न सभामुखको रुपमा महत्वपूर्ण भूमिका निभाएको भन्दै उनको पार्थिव शरीरलाई पशुपतिको आर्यघाटमा राजकीय सम्मान दिएर बिदाई गरिनेछ । अन्त्येष्टिअघि सानो गौचरणमा अहिले साढे ११ बजे श्रद्धाञ्जली सभा राखिनेछ जसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुदैछन् ।
वि.सं २०१७ देखि विद्यार्थी संगठनमा होम्मिएका उनी २०२७ पछि भने वकालततर्फ होम्मिएका थिए । नेपाल बार एसोसियनमा सचिव तथा महासचिवको रुपमा काम गरी उनले वकालतमार्फत् पञ्चायत विरुद्ध आवाज उठाईरहे । २०४६ बाट भने उनी राजनीतिमा सक्रिय रुपमा लागे र अन्ततः २०४८ असार ९ गते उनी सभामुख बन्न पुगे । यसरी २०६२⁄०६३ को जनआन्दोलनको समयसम्ममा उनी नागरिक अगुवा तथा मानवअधिकारवादीको सक्रिय भूमिकामा थिए । त्यतिबेला द्धन्द्धरत पक्षको रुपमा रहेको माओवादी र सतापक्षबीच शान्तिवार्ताका लागि मध्यस्थकर्तासमेत बनेका थिए ।
यसरी केहि समयपछि उनी सक्रिय राजनीतिबाट केहि ओझेल परे । यद्यपि लोकतन्त्रको समर्थक रहि देशमा शत्ता शक्तिको कसरी अभ्यास भईरहेको छ भनि सक्रिय आलोचकको रुपमा आवाज उठाईरहे ।





